- भोला घिमिरे
बस हैत आउछु फर्की भन्थ्योछुटि, गयो भन्देउ।
तिम्रा निम्ति चुरा पोते ल्याथ्योफुटि, गयो भन्देउ।।
दुख गर्न तिम्रा निम्ति,परदेशी भाकोथ्योरे।
उठायोरे ईश्वरले नाता टुटिगयो भन्देउ।।
बलेसिमा आंशुझार्दै थर्थर ओठ काप्दै थिए।
सदा सदा तिम्रो सिन्दुर,उसले लुटिगयो भन्देउ।।
मिठो गाँस र न्यानो काखको मृगतृसणा हुदाहुदै।
सम्झी तिम्लाई अन्तिम पलमा,प्राण उठिगयो भन्देउ।।
जुनिजुनी,सगै जिउने अमर बाचा तिमिसग,।
नफर्किगो,एकमुठी सास,
उन्लाई छुटिगयो भन्देउ।।
तारकेश्वर न. पा- ३, काठमाडौं