एजेन्सी- भारतको बेंग्लोरमा वायुसेनाका दुई जहाज आकाशमा ठोक्किएरका छन् ।वायु सेनाको एयर शो रिर्यसलका क्रममा रहेका एयरक्राफ्ट यलहांका विमानस्थलको आकाशमा एक आपसमा ठोक्किएर खसेको समाचारमा जनाइएको छ ।
सूर्यकिरण एयरक्राफ्टका कै दुई एयरक्राफ्ट ठोक्किदा दुवै एयरक्राफ्टमा रहेका पाइलट भने सकुशल रहन सफल भएको बताइएको छ ।दुवै विमान येलहांकाको न्यू टाउन एरियामा खसेको र दुर्घटनाग्रस्त जहाजले चोट लाग्दा एक सर्वसाधरण नागरिक गम्भिर घाइते भएको बताइएको छ ।२० फेब्रररीबाट सुरु हुने एयर सोको तयारीमा गरिरहेका ती एयरक्राफ्ट दुर्घटनामा परेका हुन् ।
#WATCH Two aircraft of Surya Kiran Aerobatics Team crashed today at Yelahanka airbase in Bengaluru, during rehearsal for #AeroIndia2019. One civilian hurt. Both pilots ejected, the debris has fallen near ISRO layout, Yelahanka new town area. #Karnataka pic.twitter.com/gJHWx6OtSm
— ANI (@ANI) February 19, 2019