फाल्गुन ७ । थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसीयाली छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आज बिहान भएको खेलमा बलियो प्रतिद्वन्द्वी मलेसियालाई ३४ रनले पराजित गर्यो । नेपालले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो ।
क्रिष्टिना वारेटले सर्वाधिक २१ रन बनाएको मलेसियाको ईनिङसमा कप्तान युनिफ्रेड दुराईसिंहमले १८ रन बनाईन् । सासा अज्मी १६ रनमा नटआउट रहिन् । उसका अन्य ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् । सरिता मगर र करुणा भण्डारीले मलेसियाको समान २ विकेट लिए । सिता राना मगर र कबिता कुँबरको नाममा एक एक विकेट रह्यो ।
सअघि थाईल्याण्डको बैककस्थित टर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २६ रनको मध्यम योगफल तयार पारेको थियो । नेपालका लागी सितामगरले सर्बाधिक ४२ रन बनाईन् । कप्तान रुबिना क्षेत्री ३३ रनमा अबिजित रहदा काजोल श्रेष्ठले १६ र ईन्दु बर्माले १३ रन जोडिन् । पहिलो विकेटका रुपमा सिता रानामगर र काजोल श्रेष्ठले ४६ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक योगफल तयार पारेको हो ।
नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार आयोजक थाईल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । नेपालसहित ७ राष्ट्र सहभागी प्रतियोगीताको शीर्ष स्थानमा रहने टोलीले अष्ट्रेलियामा हुने ट्वान्टी–२० महिला विश्वकप र न्युजिल्याण्डमा हुने वान डे विश्वकप क्रिकेटमा स्थान बनाउनेछ ।