• २०८१ मङ्सिर २२ गते शनिवार

काम सकेको एक वर्ष वितिसक्दा पनि जाजरकोटमा भएन रकम भुक्तानी , ऋणको ब्याज बोक्दै उपभोक्ता समिति

पढ्न लाग्ने समय : ३ मिनेट
  • रेशम बहादुर खड्का

फागुन ०७,जाजरकोट गाउँपालिकाले सडक निर्माणका लागि छुट्याएको रकम भुक्तानी नगर्दा उपभोक्ताहरु ऋण काडेर तिर्न बाध्य भएका छन् । जिल्लाको जुनिचाँदे गाउँपालीकाको लामातडा गर्खाकोट सडक खण्डमा आ.व २०७४/०७५ मा बिनियोजित ६५ लाख बजेटमा ६ किलो मिटर सडक उपभोक्ता समितिले खन्यो तर अहिले सम्म पनि पैसा भुत्तानी नभएको उपभोक्ता समितिका अध्यक्ष धन बहादुर शाहीले बताए ।

अघिल्लो आर्थिक वर्षमा निर्माण भएको सडकको प्राविधिक मुल्याङकन सम्पन्न गरि पेश्की स्वरुप २० लाख मात्र लिएका थियौं । जिल्ला समन्वय समितिले प्राविधिक मुल्याकन अनुसार ४३ लाख काम भएकोमा हाल रकम नपाउदा साउँको ब्याज तिर्नै हम्य हम्य भएको शाहिको भनाई छ । गाउँपालीकाले आर्थिक वर्षमा भुक्तानी हुने गरि रु १८ लाख मात्र बिनियोजन गरेको उपभोत्ता समितिले जनाएको छ । जिल्ला समन्वय समिति जाजरकोटको प्राबिधिक प्रतिबेदन अनुसार भुत्तानि नदिए पछि उपभोत्ता समितिले २०लाख ऋण लिएर ब्याज तिर्न बाध्य भएको अध्यक्ष शाहीले जानकारी दिए ।

साबिकको जिल्ला बिकास समितिले बिनियोजन गरिएको बजेट अनुसार हामिले काम गर्यो, अन्तत स्थानिय तहले बजेट बिनियोजन गरेन साहुको ऋण तिर्ने सर्तमा ५ प्रतिशतका दरले ब्याज तिर्न मञ्जुर भई २१ लाख रकम झिकेर काम सम्पन्न गर्यौ । हाल सम्म पनि गाउँपालीकाले रकम भुक्तानी गरेन ।
गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसी संग रकम बिनियोजन गर्न पटक पटक आग्रह गर्दा समेत हाल यहि आर्थिक बर्षमा १८ लाख बिनियिोजन गर्ने बताउदै आएको समेत उपभोत्ता समितिले जनाएको छ । उता जुनिचाँदे गाउँपालीकाका अध्यक्ष कृष्ण बहादुर केसीका अनुसार साबिकको जिल्ला बिकास समितिले सडक खन्न जिम्मा दिएकोले उपभोक्ताले कार्यसम्पन्न गरेको बताए । गाँउ पालिका बाट १८ लाख बजेट बिनियोजन गरिएको थप आगामि आर्थिक वर्षमा बिनियोजन गर्ने बताए ।

यस्तै जिल्लाको कुशे गाउँपालिका –१ तारेचौर देखि साधलाग्ने सम्मको ७ किलोमिटर सडक निर्माण भएपनि उपभोक्ता समितिले पैसा नपाउँदा ऋण काडेर तिरेको बताएका छन् । अघेल्लो आर्थिक वर्षमा निर्माण भएको सडकको प्राविधिक मुल्याङकन नगरिदिदा सडकको लागि छुट्याएको रकम फिर्ता भएको कुशेगाउँपालिका १ का वडा अध्यक्ष गोपाल नेपालीले बताए । सडक निर्माण गर्ने भनि गाउँपालिका सँग लिखित सम्झौता भइ काम सम्पन्न गर्दा सम्म भुक्तानी नगर्दा समस्य परेको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर बस्नेतले बताए ।

यो आर्थिक बर्षमा यो सडकका लागि रकम बिनियोजन नगर्दा आफुहरुले काम गर्ने ५ प्रतिशतका हिसावले ६ लाख ऋण काडेर काम गरेका मजदुरलाइ रकम झुक्तानी गरेको बस्नेतले बताए । १० लाख रुपैयामा सडक निर्माणको सहमती भएको उहाँको भनाइ छ । बाँकी ६ किलोमिटर सडकको स्तरउन्नतीको काम गरेपनि रकम भुक्तानी नहुँदा समस्य भएको वडा अध्यक्ष नेपालले बताए ।

उता कुशे गाउँपालीकाका अध्यक्ष हरीचन्द्र बस्नेतले वडा अध्यक्ष लाई बजेटको बिषयमा कुनै कुरा नभएको आफनो डोजर लिएर हचुवाको भरमा बाटो खनेको बताए । आफुले आगामि गाउँसभा वाट बजेट बिनियोजन गदिर्ने कुरा गरेता पनि पटक पटक गाउँपालीकाका अध्यक्षले ऋण लीएको जस्तो गरेर माग्दै आएको बताए । आफनो मनपढि ढंगले बजेट माग्दैमा कसैले पनि नपाउने भन्दै अध्यक्ष बस्नेतले निति तथा ऐनमा टेकेर काम गर्नु पर्नेमा जोड दिए । अध्यक्ष नेपालीले अनावश्यक आरोप लाउदै आएकोले आगामि दिनमा छलफलको माध्याम बाट सहमतिमा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस