• २०८० असोज १७ गते बुधवार

एक महिना देखि टेलिफोन सेवा बन्द हुदाँ स्थानीय सञ्चार बिहीन, बितरण केन्द्र बेखबर

पढ्न लाग्ने समय : २ मिनेट
  • रेशम बहादुर खड्का

फागुन ७, जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकाको नायकबाडामा रहेको स्काई फोन सेवा लगातार एक महिनादेखि अबरुद्ध हुदाँ स्थानीय सञ्चार बिहीन बनेका छन् ।

बारेकोटका रोकायगाउँ, रामीडाँडा, नायकबाडा र सक्लाका स्थानीय टेलिफोन सेवाबाट बञ्चित बनेका हुन । पौषको अन्तिम साता सम्म बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म स्काई फोनले काम गर्ने गरेको बीरेन्द्र ऐश्वर्य माद्यामिक बिद्यालयका प्रधानध्यापक गोरखबहादुर सिहंले बताए । सरकारले प्रत्येक नागरिकका लागी संञ्चार सेवा अनिबार्य भनेर नाराबाजी गरेपनि बारेकोट बासीका लागी भने यो कथनले काम नै गरेको छैन । टेलिफोन सेवा बन्द हुदाँ कुनै पनि सुचना आदान प्रदान गर्नका लागी भने ३ घण्टा हिडेरै फोन लाग्ने डाडामा पुग्न बाध्य भएको जनता आधारभुत बिद्यालयका प्रधानध्यापक धनबहादुर नेपालीले बताए ।

जिल्लाको अति दुर्गम मानिएको बारेकोटमा सञ्चार सेवा नै नहुँदा कतिपय कर्मचारी कार्यालय नै छोडेर जान बाध्य भएका छन् । आम नागरिकका लागी संञ्चार सेवा अनिबार्य हुनुपर्ने भएपनि बारेकोटमा सञ्चार माध्यमले खासै काम गरेको देखिदैन । बारेकोटमा संञ्चारको रुपमा स्काई फोन मात्र भएकोले त्यही अबरुद्ध हुदाँ टेलिफोन सेवा बाट बञ्चित हुनु परेको स्थानीय गोपाल नेपालीले बताए ।

स्थानीय बासी सञ्चार बिहीन भएको एक महिना बितिसक्दा पनि नेपाल टेलिकम बितरण केन्द्र जाजरकोट भने बेखबर भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस