• २०८१ माघ ८ गते मङ्गलवार

रेडियो नेपालमा अनियमितता

पढ्न लाग्ने समय : २ मिनेट

फागुन ७, काठमाडौं ।  मिति २०७५।११।०६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह(सचिव एवं प्रवक्ता) रामेश्वर दंगालद्धारा जारि विज्ञप्ती अनुसार रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सिंहदरबार काठमाडौंका तत्कालिन लेखा अधिकृत टोप बहादुर महतराले पदको दुरूपयोग गरी गैरकानुनी रूपमा बदनियतपूर्वक संस्थालाई हानिनोक्सानी पुर्‍‍‍याइ  कसुर अपराध गरेको पुष्टि हुन आएकोले बिशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

टोप बहादुर महतराले आफु रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को लेखा अधिकृतको रूपमा आर्थिक महाशाखा अन्तर्गत कर्मचारी कल्याण कोषको समेत जिम्मेवारी पुरा गर्दै आएको अवस्थामा उक्त कल्याण कोषको रकम हिनामिना गरेको आरोप लगाई अमानवीय तरिकाले मलाई सो समितिबाट निलम्बन गर्ने काम भएकोले पुन बहाली गरिपाउँ भन्ने समेत ब्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज तत्कालीन लेखा अधिकृत टोप बहादुर महतराले समितिमा कार्यरत रहँदा सो समितिका अन्य छ जना कर्मचारीहरूको नाममा सापटी रकम स्वीकृत भई निजहरूको नाममा चेक समेत जारी भएकोमा उक्त चेकहरू सम्बन्धित ऋणीहरूलाई हस्तान्तरण गर्नु पर्नेमा सो नगरी उक्त चेकहरू आफै बैङ्कमा लगी भजाई कर्मचारीहरूको जम्मा रू ४,३०,०००।– (चार लाख तिस हजार) आफूले नै लिए खाएको र सोही समितिको रकम समेत सापटी भनि लिने खाने मनसायले समितिको कर्मचारी कल्याणकोषबाट रू २,३१,७१८।९५ (दुइ लाख एकतिस हजार सात सय अठार रूपैंया पञ्चानब्बे पैसा )सापटी लिई सो रकम समेत समितिलाई हाल सम्म फिर्ता नगरी ब्याज समेत जम्मा रू ७,४०,५२५।५३ (सात लाख चालिस हजार पाँच सय पच्चिस रूपैंया त्रिपन्न पैसा ) आफैले लिई आफू राष्ट्रसेवक कर्मचारी भई आफ्नो पदको दुरूपयोग गरी गैरकानुनी रूपमा बदनियतपूर्वक संस्थालाई हानिनोक्सानी पुर्‍‍‍याइ आफूलाई प्रत्यक्ष फाईदा पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय हुन र निज प्रतिबादीबाट सोहि ऐनको दफा १७ बमोजिम बिगो रू ७,४०,५२५।५३ रेडियो प्रसार सेवा विकास समिति कर्मचारी कल्याण कोषलाई दिलाई भराउन समेतको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस