७ फागुन, काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
सोमबारदेखि थाइल्यान्डमा सुरु भएको आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले आज मलेसियासँग आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल ८ बजेर १५ मिनेटमा सुरु हुँदैछ ।