• २०८१ फाल्गुन २ गते शुक्रवार

इटहरीमा अत्याधिक चिसोका कारण एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पुस २, इटहरी । इटहरीमा एक जनाको शब फेला परेको छ । गोरखा बेकरी अगाडीको बेबिलोन बोडिङ स्कुल छेउमा एक जना अपरिचित व्यक्तीको शव फेला परेको हो । सडकमा मागेर हिड्ने नाम थर नखुलेको ती व्यक्तीको अत्याधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इटहरीमा बुधबार बाट चिसो ह्वात्तै बढेको छ । आज विहान इटहरीको तापक्रम १७ डिग्री सेल्सिएस मापन गरिएको छ । अझै तापक्रम घट्न सक्ने मौसमविदहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस