• २०८० चैत्र ३० गते शुक्रवार

दाङमा बलात्कारको कहर, दाजु भाई बाटै बलात्कार भएको डरलाग्दो तथ्याङ्क सार्वजनिक, ४२ जना बालिकाहरु बलात्कारमा

पढ्न लाग्ने समय : २ मिनेट
  • बिष्णकुमार देवकोटा, दाङ

पौष २, दाङ । दाङ जिल्लामा बलात्कारको घटनाको तथ्याङ्क डरलाग्दो रुपमा बढिरहेको ईन्सेकले सार्वजनिक गरेको छ । मानव अधिकारको क्षेत्रमा विश्वसनीय तथ्याङ्क प्रतिबर्ष सार्वजनिक गर्दै आएको इन्सेकले जिल्लामा दाजुभाई बाटै ५ बर्षीय बालिका देखी ४५ बर्षीय महिलाहरु यौन हिंसाको चपेटामा परेको तथ्याङ्क दस्तावेजीकरण गरीएको छ ।

नेपाल मानव अधिकार बर्ष पुस्तक (२०२०) दाङको बार्षिक प्रतिबेदन सार्वजनिक गर्दै ईन्सेकले जिल्लामा २२४ वटा मानव अधिकार संग सम्बन्धित घटनाहरु भएको उक्त प्रतिबेदनमा उल्लेख गरिएको छ । यो बर्ष जिल्लामा कथित बोक्सिको आरोप, जातीय विभेद, घर निकाला, मानव बेचबिखन, अपहरणका घटनाहरु घटेका छन् ।

यो बर्ष १ सय ७९ घटना गैर राज्य, ३५ राज्य पक्ष र १० वटा घटनाहरु अज्ञात पक्षबाट भए । जसमा १७२ महिला सहित २५० जना पिडित भए भने ४२ जना बालिकाहरु बलात्कारमा परे । शान्ति काल संगै राज्यबाट हुने उलङ्घनका घटनामा कमी आएपनि यो बर्ष फेरी उल्लंघनका घटनाहरु दोहोरीन थालेका छन् । आश्थाका आधारमा नागरीकको गैह्रन्यायीक गिरफ्तारी बढेको छ भने नागरीक बेपत्ता पार्ने काम पनि भएको छ । भने बलात्कार जस्ता जघन्य अपराधमा पिडितले बयान फेर्नै, गैह्रकानुनीरुपमा मिलाउने गर्दा बलात्कारका १३ वटा मुद्दाका आरोपिले सफाई समेत पाएको प्रतिबेदनमा उल्लेख गरीएका छ । जन प्रतिनिधिले नै पत्नि लाई घर बाट निकाला गरे भने एकजना जनप्रतिनिधि नै आफै घरेलु हिंसामा परिन् । इन्सेकको प्रतिबेदनमा यस बर्षपनि जिल्लामा मानव अधिकारको क्षेत्रमा खासै सुधार नआएको उल्लेख गरीएको छ ।

प्रतिबेदन अनुसार बलात्कार प्रयास ६९, भ्रुण हत्या ३,आत्महत्या दुरुत्साहन २, उपचारमा लपर्वाही ४, हत्या प्रयास १, बेबारीसे शव ३, जातीय विभेद १, आगजनी ३, अपहेलना २२, अपहरण ३, ज्याला ठगी १, आश्थाका वन्दि २२, मानव बेचबिखन तथा ओसारपसार ४, कथित बोक्सि आरोप ३, बन्द/हड्ताल/तालाबन्दि १५, कुटपिट ५३, नागरीक वेपत्ता १, बम बिस्फोट १, बहुबिबाह १, र्दुव्यवहार ८, घर निकाला १ र अन्य गरी जम्मा दुई सय चौबिस घटनाहरु घटे भने २ सय ५० जना पिडित भएको इन्सेकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस