• २०८१ मङ्सिर २३ गते आइतवार

पुँजीको निमार्ण बिना समाजवाद आउँदैन : मन्त्री अर्याल

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २ काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले पुँजीको निमार्ण बिना समाजवाद नआउँने बताएकी छन् ।

आज राजधानीमा राष्ट्रिय सहकारी बैंकको आयोजनामा भईरहेको ‘कोअपरेटिभ लिडर्स नेशनल फोरम २०७६’ कार्यक्रममा बोल्दै उनले देशको समृद्धिका लागि मुलुकभर छरिएर रहेका सहकारीहरुले एकीकृत र व्यवसायिक ढंगले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा जोड दिएकी हुन् ।

उनले भनिन्,‘‘पुँजीको निमार्ण बिना समाजवाद आउँदैन, त्यसैले सहकारीले पुँजी निमार्ण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ, तब समाजबादको रेखा कोरिन्छ र सहकारी कर्मीले समाजबादको अभियान्ता भन्न पाउनुहुन्छ ।’

मन्त्री अर्यालले आर्थिक समृद्धिलाई प्राथमिकताका राखेर सहकारीहरुले काम गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस