पौष २, स्याङजा । राष्ट्रसेवक कर्मचारीलाई घुस दिन खोज्दा स्याङजा वालिङ नगरपालिका वडा नं. ८ बस्ने जहरुदिन तेली अख्तियारको नियन्त्रणमा परेका छन ।
रुपन्देही, बसन्तपुर गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल जिल्ला स्याङजा बालिङ नगरपालिका वडा नं. ८ बस्ने जहरुदिन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङजाका कार्यालय प्रमुख प्रहरी निरीक्षकलाई घुस दिन खोजेका हुन । प्रहरी निरीक्षक आफ्नै कार्यकक्षमा कामकाज गरी बसिरहेको अवस्थामा कार्यक्षमा आई गोरु व्यापार गर्न सहयोग गर्नुपर्यो भन्दै उनले रु.१५,०००।– दिन खोजेका थिइ ।
जहरुदिन तेलीले रकम दिए पश्चात उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय वालिङ स्याङजाको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उक्त रकमसहित पठाईएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाउनु भयो ।