• २०८१ चैत्र १ गते शनिवार

नक्कली कागजात बनाई सवारी लाइसेन्सको ट्रायल दिने दुई जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पुष, २ काठमाडौँ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली कागजात बनाई सवारी चालक अनुमति पत्र(लाइसेन्स) को प्रयोगात्मक परीक्षा दिएका २ जनालाई पक्राउ गरेको छ ।

चन्द्रगिरी नगरपालिका गर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिको ड्राइभिङ सेन्टरबाट मंगलवार बेलुका ४ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिकोट खाडाचक्र नगरपालिका घर भइ हाल चावहिल बस्दै आइरहेका १९ वर्षका विरेन्द्र मल्ल र सुकेधारा बस्ने ३० वर्षीय दिपक शाही रहेका छन् ।

महाशाखाकाअनुसार सवारी चालक अनुमति पत्र लिनका लागि नेपाली नागरिकता लगायत सरकारी कागजात नक्कली बनाइ फरक व्यक्तिलाई ट्रायल परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस