पौष, २ दाङ । दाङमा नम्बर नखुलेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज बिहान राप्ती गाउँपालिका-५ परुवामा रा ५ प ७१५३ नम्बरको मोटरसाइकललाई नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालक तुल्सीपुर उपमहानगरपालिका-६ हात्तीखवाका २२ वर्षीय शिवराम डाँगीको बुटवल स्थित मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।