• २०८२ बैशाख २९ गते सोमवार

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई हुँदै

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २ काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।

आज थ्री स्टार क्लबले जावलाखेल युथ क्लब तथा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टिम एपीएफसँग खेल्नेछ । पहिलो खेलमा थ्री स्टारले जावलाखेलसँग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ ।

यस्तै आजै हुने दोस्रो खेलमा साविक विजेता मनाङ मस्यााङ्दी क्लब र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने खेल दिउँसो साढे २ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस