• २०८१ मङ्सिर २२ गते शनिवार

ट्रम्पले सभामुखलाई पठाए ६ पेज लामो पत्र : भने–अमेरिकी लोकतन्त्रमाथि युद्धको घोषणा गर्‍यौ

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २ काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया संसदमा चलिरहेको बेलामा ट्रम्पले सभामुख नान्सी पेलोसीलाई मंगलबार एउटा पत्र पठाएका छन् ।

आफूले डेमोक्रयाट्स पार्टीका तर्फबाट अघि बढाइएको महाअभियोगको कडा रुपमा विरोध गर्ने जनाउँदै उनले यो महाअभियोग अमेरिकाको अढाइ दशकयताको इतिहासमा डेमोक्रयाट्स सांसदबाट अप्रत्याशित र असंवैधानिक रुपमा शक्तिको दुरुपयोग भएको आरोप लगाएका छन् ।

उनले महाअभियोग जस्तो खराब विषयलाई सस्तो बनाउने काम सभामुखले गरेको समेत आरोप लगाए । उनले महाअभियोगको प्रक्रिया अघि बढाएर सभामुखले आफूले लिएको शपथको पनि उल्लंघन गरेको आरोप लगाएका छन् । सभामुखले अमेरिकाको लोकतन्त्रमाथि युद्धको घोषणा गरेको समेत राष्ट्रपतिले आरोप लगाएका छन् ।

६ पृष्ठ लामो उनको पत्रबारेमा टिप्पणी गर्दै सभामुख पेलोसीले आफूले पुरै पत्र पढी नसकेको बताएकी छन् । ट्रम्पले डेमोक्र्याट्स नेता जो बाइडेनलाई छानबिन गर्न युक्रेनका प्रधानमन्त्रीलाई आग्रह गरेको विषयलाई लिएर महाअभियोग प्रक्रिया अघि बढेको हो । ट्रम्पलाई आफ्नो बयान दिन आग्रह गरिएपनि उनले यो प्रक्रियालाई छल्दै आएका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार बुधबार९ नेपाली समय अनुसार भरे राति० सम्भवतः मतदान हुनेछ ।

पार्टीको लाइनअनुसार सांसदले मत हालेमा डेमोक्र्याट्सको तल्लो सदनमा बहुमत भएकोले प्रस्ताव पारित हुनेछ । त्यसपछि प्रस्ताव माथिल्लो सदनमा जाने र माथिल्लो सदनमा भने ट्रम्प समर्थित रिपब्लिकनकै बहुमत रहेको छ । (बीबीसीबाट)

प्रतिक्रिया दिनुहोस