• २०८२ बैशाख २९ गते सोमवार

बलिउडका चर्चित अभिनेता श्रीराम लागुको निधन

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २ एजेन्सी । बलिउडका चर्चित अभिनेता श्रीराम लागुको निधन भएको छ । लागुको मंगलबार ९२ वर्षको उमेरमा महाराष्ट्रको पुणेमा निधन भएको हो ।

उनको जन्म सन् १९२७, नोभेम्बर १६ मा सतारामा भएको थियो । थुप्रै सिनेमामा गरेको चरित्र अभिनयका लागि प्रशंसित छन् । लागुको निधनामा महाराष्ट्रका ठूला नेताले शोक व्यक्त गरेका छन् ।

श्रीरामले सय बढी हिन्दी तथा ४० बढी मराठी सिनेमामा काम गरेका छन् । सन् १९७८ मा ‘घरौंदा’ सिनेमाका लागि उनले सर्वश्रेष्ठ सहायक अभिनेताको फिल्मफेयरको पुरस्कार जितेका थिए ।

प्रतिक्रिया दिनुहोस