• २०८० चैत्र ३० गते शुक्रवार

राष्ट्रिय दलित पत्रकार संघ चितवनको संयोजकमा अमिर रामदाम

पढ्न लाग्ने समय : २ मिनेट

पुष, २ चितवन। समतामूलक समाज निर्माण संगै जातीय विभेद अन्त्यका लागी दलित समुदायको सञ्चारकर्मी तथा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने नेपाल पत्रकार महासंघ चितवन शाखाको कोषाध्यक्ष एवं प्रेस संगठन चितवनका संयोजक प्रकाशमणि ज्ञवालीले बताएका छन् ।


लोकतन्त्रको मूल आधार, समान सहभागिता र विभेद मुक्त समाज, अभिव्यक्ति स्वतन्त्र र मर्यादित पत्रकारिता हाम्रो आवाजू भन्ने मूल नाराका साथ आज बुधबार राष्ट्रिय दलित पत्रकार संघ चितवन जिल्लाको प्रथम प्रारम्भिक भेलामा महासंघका कोषाध्यक्ष ज्ञवालीले सो कुरा बताएका हुन् । उनले पत्रकारिता पेशालाई फराकिलो पार्न सबैले विभेद रहित रूपमा खुला हृदयका साथ काम गर्नुपर्ने जिकिर गरेका छन् । ूउनले यस समुदायका पत्रकारहरूलाई आवश्यक पर्ने सहयोग भरपूर रूपमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष सुर्य प्रसाद अधिकारीले सबै दलित समुदायको पत्रकारहरू एक भएर स्वच्छ रूपमा कार्यसम्पादन गर्न अनुरोध गरेका छन् । उनले आज पनि दलित समुदायको पत्रकारहरूको समेत हेपिएको भन्ने कुरा आइराखेका यो संघ अबका दिनमा अझ शसक्त भएर लाग्ने बताएका छन् ।

आज सम्पन्न प्रारम्भिक भेलामा राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नम्बर तीनको सहसचिव सरोज उपरकोटीले अब हामी छरिएर नभई एक भएर अघि बढ्ने समय आएको बताएका छन् । उनले पत्रकार महासंघले दलित समुदायको पत्रकार एवं सञ्चारकर्मीहरूलाई सदस्यता प्रदान गर्ने सवालमा उपेक्षा गरेको बताएका छन् ।

आज बुधबार सम्पन्न राष्ट्रिय दलित पत्रकार संघ चितवनको प्रथम प्रारम्भिक भेलाले अमिर रामदामको संयोजकत्वमा २१ सदस्यीय बृहत भेला आयोजक समिति चयन गरेको छ । समितिको सदस्य सचिवमा श्याम विश्वकर्मा, सदस्यहरूमा गोपाल विश्वकर्मा, शिव सुनार, सन्तोष परियार, शम्भु विश्वकर्मा, मनिका विश्वकर्मा, विजय विश्वकर्मा, संगिता घताने, अनुष्का विश्वकर्मा, विजय विश्वकर्मा पोखरेल, प्रिति पोखरेल, यात्री छिदाल, सन्तोष सुनार, राज प्रणय, खड्क सुनार, कृष्ण सुनार, शर्मिला विक, पवित्रा बर्देवा, मिना परियार र प्रदेश सदस्य अशोक परियार सर्वसम्मत चयन भएका छन् ।

आज सम्पन्न भेलाले यहि पुष १२ गते बृहत भेला सहित घोषणा सभा मार्फत कार्यसमिति घोषणा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस