• २०८१ माघ ९ गते बुधवार

सप्तरीमा किशोरीमाथि पटक-पटक बलात्कार

पढ्न लाग्ने समय : १ मिनेट

पुस २ ,काठमाडौं ।  सप्तरीमा प्रेमको झुटो नाटक रच्दै आफ्नो प्यास मेटाउनेहरु प्रशस्त भेटिन्छन् तेस्तै विवाह गर्छु  भन्दै प्रेमको नाटक गरि बलात्कार गरेको कुरा सार्वजनिक भएको छ ।

विवाह गर्ने झुठो आश्वासन दिएर १७ वर्षीया किशोरीमाथि बलात्कार गर्ने एक युवकलाई सप्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वे छन् ।

खत्वेले प्रेमको नाटक गर्दै घरमा कोही नभएका बेला किशोरीलाई बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ।

पीडितकी आमाका अनुसार अन्तिम पटक खत्वेले मङ्सिर १५ गते किशोरीलाई बलात्कार गरेको खुलेको छ । आमासँगै प्रहरी कार्यालय पुगेकी किशोरीले बिहेको झुटो आश्वासन दिइ बलात्कार गर्ने गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस