• २०८२ बैशाख २९ गते सोमवार

फेवा किनारमा रहेको ‘रत्न मन्दिर’ खुलाउने तयारी

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २ पोखरा । गण्डकी प्रदेश सरकारले ‘भ्रमण बर्ष-२०२०’ को अवसरमा फेवा किनारमा रहेको ‘रत्न मन्दिर’ खुलाउने तयारी थालेको छ ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको रत्न मन्दिरलाई ट्रष्टले नै मन्दिर खुलाउन प्रदेश सरकार र महानगरपालिकालाई आग्रह गरेको थियो । सोही अनुसार आउँदो पुस १६ गते भ्रमण वर्षको उद्घाटन कार्यक्रम नै रत्न मन्दिरमा गर्ने तयारीमा प्रदेश सरकार लागेको छ ।

रत्न मन्दिर प्रयोग गर्न क्याबिनेटबाट निर्णय भएर आउनुपर्छ, मौखिक सहमति चाहिँ भइसकेको बताइएको छ । यसलाई संघीय सरकारको मन्त्रीपरिषद्‍ले स्वीकृत गरेपछि रत्न मन्दिर खुलाउन सकिने प्रदेश सरकारका उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो । मन्दिर सञ्चालनको जिम्मा महानगर अथवा प्रदेश सरकारमध्ये एकले लिने उहाँले जानकारी दिनुभयो । रत्न मन्दिरको व्यवस्थापन र संरक्षण जिम्मा भने नेपाल ट्रस्टले नै लिने छ ।

नेपाल सरकारले आयोजना गर्न लागेको भ्रमण वर्ष २०२० लाई सफल पार्नु समितिको मुख्य उद्देश्य रहेको भिजिट नेपाल २०२० का गण्डकी प्रदेश सह(संयोजक अग्नि कँडेलले जानकारी दिनुभयो ।

नयाँ पदमार्ग र होमस्टे प्रबर्द्धन, कालिगण्डकी किनारमा साइकल ट्रेल, अव्यवस्थित पदमार्ग व्यवस्थापन, ताल व्यवस्थापन, अन्तर्राष्ट्रियस्तरमा पर्यटन बजार प्रबर्द्धन, धौलागिरी हिमालको स्वर्ण महोत्सव र प्रदेशका एघारै जिल्लाको पर्यटकीय गन्तव्यलाई पहिचान गरिने प्रदेश सरकारले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस