• २०८० चैत्र ३० गते शुक्रवार

भारतसँग वार्ताको टेबुलमा बसेको दिन नेपाली भूमि फिर्ता हुन्छ : मन्त्री अर्याल

पढ्न लाग्ने समय : १ मिनेट

पौष,१ लमजुङ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतले अतिक्रमण गरेको नेपाली भूमि वार्ताको टेबुलमा बसेको दिन त्यो भूमि फिर्ता हुने दावी गर्नुभएको छ ।

प्रेस सङ्गठन नेपाल, लमजुङ शाखाले मंगलबार बेंसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री अर्यालले कूटनीतिक माध्यमबाट नेपाली भूमि फिर्ता गर्ने कुनै पनि कसर वाँकी नराखी त्यसतर्फ सरकार अघि बढेको उल्लेख गर्नुभयो ।

भूमि अतिक्रमण राष्ट्रिय विषय भएकाले सरकार एउटैको मात्रै कुरा नभई आमजनता, सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘‘हामीले हतार गरेका छौँ तर छोड्नु पर्नेले ढिलो गरेकाले अतिक्रमित भूमि फिर्ता हुन ढिलाइ भइरहेको छ । वार्ताको टेबुलमा बसेको दिन त्यो भूमि फिर्ता हुन्छ । त्यही भएर भारतले वार्ताका तिथि तोक्न ढिलाइ गरिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस