• २०८२ जेष्ठ २ गते बिहिवार

माईपोखरीमा भगवान शिवको कलात्मक र अग्लो मुर्ति स्थापना गरिदैं

पढ्न लाग्ने समय : १ मिनेट

गोबिन्द पौडेल, इलाम

मंसिर २, इलाम । इलामको प्रमुख धार्मिक पर्यटकीयस्थल माईपोखरीमा सौन्दर्य सँगसँगै पर्यटकको आगमन बढाउन एक करोड रकम खर्चेर भगवान शिवको कलात्मक र अग्लो मुर्ति स्थापना गरिने भएको छ । धार्मीक पर्यटनको बिकासको लागि बिस्तृत परियोजना प्रस्ताव नै तयार गरेर यस्तो मूर्ति बनाउन लागिएको हो ।

आगामी आर्थिक वर्षमा शिवको मूर्ति बनाउनका लागि सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाले आधा आधा लाख रुपैयाँ बिनियोजन गर्नेगरि दुई स्थानीय तहबीच मङ्सिर १ गते सहमति भई सहमति पत्रमा हस्ताक्षर समेत भएको छ । दुवै स्थानीय तहले पचार पचास लाख रकम अर्चने छन् । दुबै स्थानिय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको रोहबरमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र सन्दकपुर गाउँपालिकाका प्रमुखको हस्ताक्षर रहेको सहमति पत्रअनुसार इलाम नगरपालिकाले तयार गर्ने बिस्तृत परियोजना प्रस्तावअनुसारको निर्माण कार्यको लागत रकम दुवै स्थानीय तहले बराबर ब्यहोर्ने छन् ।

उक्त मुर्ति निर्माण भएपश्चात सो को सञ्चालन गरी आम्दानी सङ्कलन गर्ने कार्य सन्दकपुर गाउँपालिकाले गर्ने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ । विश्व सम्पदा सूचीमा सुचिकृत प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्वले भरिपूर्ण, जैविक विविधतायुक्त रामसार पर्यटकीय तथा ऐतिहासिक क्षेत्र माईपोखरीको सैन्दर्य सँगसँगै पर्यटक बढाउन सो क्षेत्रको आर्थिक विकासको लागि पर्यटकीय विकाससम्बन्धी दुई स्थानीय तहबीच सहमति गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस