• २०८२ जेष्ठ २ गते बिहिवार

नगदसहित १७ जना जुवाडे पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २ झापाको, । झापामा नदगसहित १७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति भद्रपुर-५ बजारमा रहेको पुल हाउसमा तास खेल्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर-६ का ४१ वर्षीय सञ्जित घोष, ३४ वर्षीय विजय साह, ५४ वर्षीय श्रीकृष्ण अग्रवाल, ४० वर्षीय अमरदीप घोष, २४ वर्षीय रुपेश झा, ४२ वर्षीय सञ्जित साह, ४१ वर्षीय श्रवण कामती, ४६ वर्षीय कविर क्षेत्री, भद्रपुर – २ का २७ वर्षीय देवेन्द्र राजवंशी, भद्रपुर-३ का ३३ वर्षीय सागर खड्का, भद्रपुर-५ का ६५ वर्षीय बलदेव राजवंशी, २५ वर्षीय राजिप सहनी, १९ वर्षीय अनुज दास, ४१ वर्षीय गणेश सिंह, २९ वर्षीय शिव महतो, ५५ वर्षीय बुद्धनारायण महतो र भद्रपुर-४ का २८ वर्षीय रवी राजवंशीलाई पक्राऊ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नेरु दुई लाख १० हजार ९१० र भारु नौ हजार ७७०, विभिन्न कम्पनीका मोबाइल १६ वटा र एक बुक तास नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस