- धर्म सुनार, बाजुरा
कार्तिक १, बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाले आयोजना गरेको मेयर कप फूटवल प्रतियोगिताको दोस्रो दिन आज सात वटा खेल सम्पन्न भएका छन । कुल २४ वटा टिमले सहभागिता जनाई रहेको सो प्रतियोगिताको अन्तीम खेलमा आज गौमूल फूटवल क्लवले ,जया फाउन्डेसन लाटुवस्ती माथि ३–० को जित निकालेको छ ।
त्यस अघि साइनिङ्ग स्टार र सुर्यतारा फाउन्डेसनका विच भएको खेलमा सुर्यतारा फाउन्डेसनले फराकिलो जित निकालेको छ । सुर्यताराका लागि उमेश रेग्मीको २ गोलमा ४ –० को जित निकालेको छ । त्यस्तै मल्ल ब्रोदर्श छातिकोटले बुढीनन्दा युवा क्लव संग १–० को जित निकालेको छ ।
आज विहानका चार खेलमा भिएवाईसी र जगन्नाथ विचको खेल ० को बरावरीमा सकिएको थियो भने आरएसवाईसी र क्रियटर एकेडेमिका विच भएको खेल पनि .१÷१को बरावरीमा रोकिएको थियो । त्यस्तै नेपाल प्रहरी बाजुरा र स्वामीकार्तिक ए का विच भएको खेलमा नेपाल प्रहरी बाजुराले ३–० को जित निकालेको छ भने विहानको अन्तीम खेलमा राइजिङ्ग सनले न्यु स्टार माथि १–० को जित निकालेको छ ।
लिग चरणमा ८ वटा समूहका खेलहरु अहिले भई रहेका छन । प्रत्यक समूहमा ३÷३ वटा समूह रहेको तिन टिम मध्य समूह विजेता र उपविजेता टोलीले टप १६ मा स्थान बनाउने छन । मेयर कप फूटवल प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ रुपैया उपविजेताले ८८ हजार ८८८ रुपैया ट्रफि र मेडल प्राप्त गर्ने आयोजकल जनाएका छन ।