• २०८१ जेष्ठ ९ गते बुधवार

फरार प्रतिवादी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १, सल्यान । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कुमाख गाउँपालिका-५ बस्ने ६९ वर्षीय तिलु मल्ललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्दामा २०७१ माघ २ गतेदेखि फरार रहेका मल्ललाई प्रहरीले खोजी गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस