• २०८२ बैशाख ४ गते बिहिवार

पोखरीमा डुबेर बालिकाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १, महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका– ६ हरिगौरीगामा पोखरीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीया चाँदनीकुमारी बरही ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

बालिका ठाकुर साथीसँग घर नजिकैको पोखरीमा नुहाउन गएको बेला पानीभित्र पुगेपछि डुबेर मृत्यु भएको हो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाउने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस