असोज १, काठमाडौं । काठमाडौंको कपनमा एक महिला आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी छन् ।
कपनको तेन्जिङ चोकमा किराना र खाजा पसल सञ्चालन गर्ने अन्दाजी ५५,५६ वर्षकी कमला केसी नामकी महिला मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी वृत्त वौद्धका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार उनको मृत्युको कारण खुलेको छैन । श्रीमानसँग सम्बन्धविच्छेद गरेकी ती महिला हात बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा मृत भेटिएकी हुन् ।
घटनाका विषयमा अनुसन्धान गर्न प्रहरीले सोही घरमा नै बस्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । महिलाको मृत्युबारे अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिए ।