• २०८२ जेष्ठ ७ गते मङ्गलवार

काठमाडौँको स्वयम्भुमा बसले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ स्थित अन्नपूर्ण चोकमा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार साँझ बा ३ ख १८३३ नम्बरको यात्रुवाहक बसले बा ९८ प २७१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सानो भर्याङ निवासी मोटरसाइकल चालक २० वर्षीय सम्मान भट्टको मृत्यु भएको हो ।

बसका चालक तारकेश्वर–४ नुवाकोट स्थायी घर भएका खडानन्द अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको र सवारी ज्यान मुद्दामा कारबाही चलाइएको महानगरीय प्रहरी वृत स्वयम्भुका प्रहरी नायब उपरिक्षक (डीएसपी) लालध्वज सुवेदीले बताएका छन् ।

मृतक भट्टको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस