असोज १, काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशन र प्रभासबिच भिडन्त हुने भएको छ।
उनीहरूबिच आआफ्नो सिनेमाको कारण भने भिडन्त हुन लागेको होइन्। एउटै सिनेमामा एक जना नायक र अर्को खलनायक बन्ने भएपछि सिनेमाको पर्दामा उनीहरूबिच भिडन्त हुन लागेको हो।
उनीहरू बिच ‘दंगल’ तथा ‘छिछोरे’ निर्देशक नितिश तिवारीको निर्शेनमा बन्ने ‘रामायण’मा राम र रावणका रूपमा भिडन्त हुन लागेको हो।
सिनेमामा ऋतिक ‘राम’ र दिपिका ‘सीता’ बन्ने तय भइसकेको भएपनि रावणको टुङ्गो लागेको थिएन। तर बलिउड समाचारसम्बन्धी वेबसाइट बलिउड लाइफ डटकमले सिनेमामा प्रभासले ‘रावण’को भूमिका गर्ने तय भएको जनाएको छ।
‘बाहुबली’ सिरिजको सफलताले प्रभास क्षेत्रिय स्टारबाट भारतीय स्टार भइसकेका छन्। यस्तोमा ‘रावण’को भूमिकाले उनलाई थप उचाइ दिने अनुमान गरिएको छ।
हाल उनी अभिनित ‘साहो’ प्रदर्शनमा रहेको छ। सिनेमाको हिन्दी संस्करणले सुपरहिट कमाइ गरेको छ।