भदौ ३१, सुनसरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इटहरीका असन्तुष्ट पक्षले आज नेकपा प्रदेश १ मा तालाबन्दी गरेका छन्। नगर कमिटी गठनलाई लिएर असन्तुष्ट समूहले मंगलबार इटहरीस्थित प्रदेश कार्यालय तालाबन्दी गरेका हुन । नेकपा इटहरी नगरको गुट विवाद पछि मंगलबार नेकपा युवा नेताको समूहले तालाबन्दी गरेको हो।
झण्डै तीन साताअघि पनि सोही समूहले इटहरी नगर पार्टी कालय तालाबन्दी गरेको थियो। ताला लागेपछि विवाद समाधान गर्न पटकपटक छलफल भएपनि सहमति जुटेको छैन। पार्टीको विधान मिचेर बनाइएको नगरसमिती नमान्ने भन्दै एक समूहले संशोधनको माग गरेको छ। लामो समय खोटाङमा राजनीति गरेर केही वर्षअघि इटहरी आएका काशीनाथ दंगाललाई नगर कमिटी सचिव बनाएको भन्दै नेकपाको एउटा समूह असन्तुष्ट बनेको हो। दंगाललार्याई नेकपा नेता भीम आचार्यको निर्देशनमा नगर सचिवको आरोप उक्त समूहको छ।
विरोधमा उत्रिएका पर्वएमाले वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र गौतमले स्थानीय र पार्टीमा लामो समय योगदान गरेकालाई पहिलो प्राथमिकता दिनुपर्ने र पार्टीको विधानअनुसार युवासमेतलाई उचित प्रतिनिधित्व दिँदै कमिटी संशोधन गर्नुपर्ने माग गरे। आन्दोलनलाई सामान्य नसम्झन उनले चेतावनी दिए। गौतमको समूहलाई नेकपाका जिल्ला तथा प्रदेश तहका नेतालेसमेत सहयोग गरेका छन्।