• २०८१ फाल्गुन २ गते शुक्रवार

प्रसूति गृह थापाथलीमा ग्यास सिलिण्डर पड्किँदा दुईजना घाइते

पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको अन्डरग्राउण्ड पार्किङ स्थलमा अक्सिजन ग्यासको सिलिण्डर पड्किँदा दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार मंगलबार दिउँसो सिलिण्डर पड्किँदा काभ्रेस्थली घर भएका २७ वर्षीय अमिजित भण्डारी र २६ वर्षीय मदन भण्डारी घाइते भएका छन् ।

घाइते दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस