• २०८१ जेष्ठ ५ गते शनिवार

सरकारको नँया अभियान आरम्भ, संघीय संसद भवन शिलान्यास

पढ्न लाग्ने समय : १ मिनेट

असोज १ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरेका छन् । सिंहदरबार भित्रको पुतली बगैंचामा भवन शिलान्यास गरिएको हो । शहरी विकास मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । मन्त्रालयका अनुसार उक्त भवन निर्माणको लागत  ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ अनुमान गरिएको छ । तर निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण कबुलेको छ ।

निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ । मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ ।

सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । संसद सचिवालयका अनुसार हाल सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस