असोज १, काठमाडौं । तार्केश्वर नगरपालिका वडा नं. ९ को नव निर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले आज विशेष कार्यक्रम सहित कार्यालय उद्घाटन गर्नु भएको हो ।
दशै तिहारको शुभकामना आदान प्रदान कार्यक्रम सहित सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत हिरामणी सुबेदी सहित ता.न.पा ९का वडा अध्यक्ष बलराम सिटौला सहित अन्य वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारीहरु, टोल सुधार समितीका प्रतिनिधीहरु लगायत स्थानिय महानुभाबको उपस्थिती रहेको थियो ।
२०७४।११।०८ गते तार्केश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष बलराम सिटौलाले सिलन्यास गर्नुभएको कार्यालयको आज उद्घाटन भएको हो । साबिक मनमैजु गा.बि.स हाल तार्केश्वरका ४ वटा वडामा बिभाजित छ ।