• २०८२ जेष्ठ २ गते बिहिवार

धनगढीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना

पढ्न लाग्ने समय : १ मिनेट

असोज १, चितवन । धनगढीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस चितवनमा दुर्घटना हुँदा १२ जना  घाइते भएका छन् ।

धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले आज बिहान ५ः४० बजे  भरतपुर महानगरपालिका-२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १२ यात्रु घाइते भएका हुन् ।

उक्त बसमा २९ यात्रु सवार रहेका थिए । नेपालगञ्जको बसमा सवार यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेको  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस