असोज १, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका आज दिउँसो देशभरी सामान्य देखि पुर्ण बदली रही पश्चिम तथा मध्य भुभागका धेरै स्थानमा र बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।
यस्तै आज राती देशको पश्चिमी तथा मध्यमा सामान्य देखि पुर्ण बदली र पूर्वी भू भागमा सामान्य बदलि रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित मध्यम वर्षा हुनेछ। पश्चिमका एक-दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ र पुर्वी र मध्य भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ ्र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ । हाल देशका अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेग गर्जन सहित हल्का देखि मध्य वर्षा भइरहको छ ।
देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानमा मेघ गर्जनरचट्टयांग सहितको वर्षा हुने साथै देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले पहिरो जान सक्ने तथा नदिहरुमा पानीको वहाब बढ्न सक्ने भएकोले सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा अनुरोध गरेको छ ।