• २०८२ बैशाख ६ गते शनिवार

बर्दिया प्रहरीद्वारा नेपालबाट भारत तर्फ पैठारी हुन लागेको २६५ बोरा केराउ पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

असोज १, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दिया बाट खटेको टोलीले भन्सार छलि चोरी निकासी गरी थुपारी राखेका अबैध केराउ बरामद गरेको छ ।

बर्दिया जिल्ला बढैयाताल गाउँपालिका वडा नं.८ मुनाल बस्ती स्थित सडक बाटो छेउमा अबैध केराउ भन्सार छली चोरी निकासी गरी नेपालबाट भारत तर्फ लैजानको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । २६५ बोरा बेवारिसे अवस्थामा थुपारी राखेको अबैध केराउ आबश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । करीब छ लाख बईसठ्ठी हजार पाँच सय रुपैयाँ बराबरको २६५ बोरा केराउ अबैध रुपमा भारत निकासी हुँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस