• २०८२ बैशाख ५ गते शुक्रवार

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकुका अधिकृत समेत २ जना उपर आरोपपत्र दायर

पढ्न लाग्ने समय : २ मिनेट

भदौ १२, काठमाडौं । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता समेत २ जना उपर आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ताले सेवाग्राहीसँग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकुबाट कोटेशन मार्फत स्वास्थ्य सन्देशमूलक कार्यक्रम उत्पादन तथा प्रचारप्रसार गर्न दिई कार्य सम्पन्न गरी भुक्तानि गरे पश्चात कमिशन बापत घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज जनस्वास्थ्य अधिकृत राम अवतार गुप्तालाई सेवाग्राहीसँग रू।१,००,०००।–घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा प्रमाण र कागजातहरूबाट निज राम अवतार गुप्ताले सेवाग्राहीसँग आफूमार्फत भएको कामको कमिशनस्वरूप भनी रू।१,००,०००।– घुसररिसवत लिएको र स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा.भक्तबहादुर के.सी.ले आफू शाखा प्रमुख भएको हैसियतमा आफ्नो शाखाबाट भएको कामको आफ्नै प्रत्यक्ष मातहतमा रहेको कर्मचारीले घुस ररिसवत माग गरेको जानकारी हुँदाहुँदै सो कार्य रोक्नुपर्नेमा सेवाग्राहीसँग आफैंले रकम माग गरेको पाइएको र निज राम अवतार गुप्ताले घुस रकम लिई निज डा.भक्त बहादुर के.सी.समेतले मिलेमतो गरी लिने खाने तथ्य पुष्टि हुन आएकोले निजहरू जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता र डा. भक्त बहादुर के।सी।ले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) बमोजिमको कसुर भएको हुँदा निजहरूलाई जनही बिगो रू।१,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय ९ग० बमोजिमको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस