• २०८१ माघ २६ गते शनिवार

युवा पर्यटन व्यवसायी प्रदिप आचार्यले सम्झाए नेकपा पर्यटन व्यवसायिलाई १० वुदे सुझाब

पढ्न लाग्ने समय : २ मिनेट
  • सन्तोष बानिया, पर्यटन विट

भदौ १, काठमाडौं । नेकपा निकट पर्यटन व्यवसायिकाे एकताकाे प्रस्थान विन्दु टान निर्वाचन हाे भने एकताकाे आधार अनि परिणाम पनि टान निर्वाचननै हाे !!! तत्कालकाे अवस्थामा नेकपाका साथिहरूलाई टान निर्वाचन सम्वन्धमा मेराे धारणाहरू;

१) जसरि देशैभरि नेकपा कार्यकर्तामा अन्याेलताकाे अवस्था र जिम्मेवारी विहिन थियाे त्यस्तै अवस्था पर्यटनमा पनि देखिन्छ।

२) अब पुर्व भन्ने नभएनि एकताकाे आधार पुर्व एमाले निकटमा देखिएकाे औपचारिक विभाजित अवस्था भने पुर्व माओवादिमा भएकाे सागंठानिक गतिशिलताकाे अभाव लाई आधार मानि एकताकाे थालनि गरिनु पर्दछ ।

३) पार्टिले पठाउने नेतृत्व र विगतमा रहेका नेतृत्वकाे एकतावाटनै एकता थालनि गर्नु पर्दछ ।

४) अहिलेकाे अवस्था ज्यादै तरल भएकाेले जाेकाेहि पनि राम्राे समुहले टानकाे नेतृत्व हत्याउन सक्ने परिस्थितिकाे आकलन गर्न सकिन्छ ।

५) नेकपा निकट व्यवसायिलाई विगत दुई चाेटि नियमित टानमा जितेकाे साखकाे निरन्तरता दिनु पर्ने हुन्छ भने काग्रेस र ईतरकाे लागि राम्राे समूह वनाएर चुनाव जित्ने रणनिति हुन्छ ।

६) पर्यटनकाे अस्थिरता र नियमित दुई चाेटि टानकाे नेतृत्वकाे कमजाेरि लाई नेकपा ईतरलाई चुनावि एजेन्डा वन्न सक्छन भने नेकपा सरकार प्रति भएका केहि असन्तुष्टि निर्वाचनमा प्रकट हुन सक्छन ।

७) पार्टीले पठाएकाे नया नेतृत्वले नेकपा शक्ति र त्यहि अनुसार निर्वाचनमा प्रकट हुने वातावरण वनाउन सक्नु पर्दछ भने नया नेतृत्वकाे परिक्षण पनि हुने गर्दछ।

८) नेकपामा टान निर्वाचन घाेषणा मिति र निर्वाचन समयमा कुनै आकाक्षिले पनि नेतृत्व विकासमा आफ्नाे साझापन, गतिशिलता, क्षमतायुक्त र चलायमान देखाउन नसकेकाेले नेतृत्व संकटनै त नभएनि नेतृत्वकाे हस्तान्तरणमा समस्या भने देखिएकाे छ ।

९) यि परिस्थितिलाई आकलन गरि संगठन जाेगाउन विगतका परिस्थिति भुलेर नेकपालाई वलियाे र संगठित वनाउन टान निर्वाचनकाे फाेरमलाई प्रयाेग गर्नु पर्ने छ ।

१०) एकमन एकता र नया नेतृत्वकाे अभिभावकिय भुमिकामा नेकपाकाे एकता पर्यटनमा भविश्य साेच्नेलाई समेत संवाेधन गर्ने गरि समग्र आम व्यवसायिकाे नेकपा पर्यटन कमिटि वनाउदै टान निर्वाचनमा हामिमा आश्था राख्ने व्यवसायीलाई निर्वाचित गराउने छ ।

प्रतिक्रिया दिनुहोस