भाद्र १, काभ्रे । बनेपा नगरपालिका वडा नं. ११ काभ्रेका सव-इन्जिनियर (करार) आकाश श्रेष्ठले घुस रकम सहित नियन्त्रणमा परेका छन् ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २०७२ सालको महाभूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि नेपाल सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको थियो ।
टोलीले निज सव-इन्जिनियर (करार) आकाश श्रेष्ठलाई सेवाग्राहीसँग रू.२५,०००।–(पच्चीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा बनेपा नगरपालिका वडा नं.-८ नाला दोबाटो बनेपा स्थित द किचन भान्साघर एण्ड रेस्टुरेन्टबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।