• २०८१ माघ ८ गते मङ्गलवार

स्यान्डवीच दिन ढिलो गरेको भन्दै ग्राहकद्वारा वेटरको गोली हानी हत्या

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १, पेरिस । फ्रान्सको पेरिसस्थित एक रेस्टुरेन्टमा चाँडै स्यान्डवीच  नदिएको आरोपमा ग्राहकले गोली चलाउँदा एक वेटरको मृत्यु भएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सो घटना गएको शुक्रबार साँझ पूर्वी न्वाइजी ले ग्रान्ड सुबर्बमा भएको थियो ।

शंकास्पद सो ग्राहक त्यहाँबाट भागेको र समाउन नसकिएको जनाइएको छ । २८ वर्षिय ती वेटरलाई बचाउने प्रयास गरिएको भएपनि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस