• २०८२ जेष्ठ २ गते बिहिवार

नेकपाको सचिवालय बैठक बस्दै

पढ्न लाग्ने समय : १ मिनेट
भदौ १, काठमाडौं । सनिबार हुन नसकेको केन्द्रिय सदस्यको कार्यविविभाग, पोलिट ब्युरो गठन, इन्चार्ज र सहइन्चार्ज तोक्ने सचिवालय बैठक आज बलुवाटारमा बस्न लागेको छ ।
वरिष्ठनेताहरु झलनाथ खनाल र माधव नेपालको वरिष्ठतामा ३२ केन्द्रिय विभागको जिम्मेवारी वारफार गरेर एकिकरन प्रकृया लगभग पुरा गरेको नेकपाले सम्पर्क समान्वय कमिटी बिषेश प्रदेश कमिटी प्रभास सङ्ठन लगाएको एकता भने पुरा गर्न बाँकी नै छ । जेष्ठ कम्युनिष्ट मन्च अनुसाशन आयोग लेखा आयोग राष्ट्रिय परिसद् सदस्य गठन काम पनि अधुरै छ ।
दुबै वरिष्ठनेताहरु बिच बर्गिएता निर्धारण बारे पनि छलफल हुने नेताहरुद्वारा जानकारी प्राप्त भएको छ । बर्गिएताको प्रतिस्पर्धा गर्दै दुबै नेता एकअर्कामा आफू अघि हुनुपर्ने दावा गर्दै आइरहेका छन् । नेकपाले एकतालाई पूर्णता दिए लगतै देशव्यापी आभियन चलाउने आफ्नो एजेन्डा राखेको छ ।
प्रतिक्रिया दिनुहोस