काठमाडौं, साउन २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले निजी शैक्षिक संस्थाहरुसँग कुनै पनि आर्थिक सहयोग नमाग्ने र नलिने निर्णय गरेको छ ।
बुधबार राजधानीमा साबिक अनेरास्ववियू र अखिल क्रान्तिकारीका उपलब्ध केन्द्रीय सदस्यहरुको भेलाले यस्तो निर्णय गरेको हो । आज पत्रकार सम्मेलन गरेर संयोजक महरले अखिलले कुनै पनि नेता तथा कार्यकर्ताले संगठन वा व्यक्तिगत रुपमा चन्दा उठाउन समेत रोक लगाएको जानकारी दिनुभएको हो । विद्यार्थी आन्दोलन बद्नाम हुन नदिन र नेता कार्यकर्तालाई भ्रष्टिकरण हुन नदिन कुनै पनि निजी शैक्षिक संस्थाबाट आर्थिक सहयोग लिन नपाइने निर्णय गरिएको उहाँको भनाई थियो । महरका अनुसार अव आर्थिक संकलन गर्ने जोसुकै सदस्यमाथि अनुशासनको कारबाही हुनेछ ।
हेर्नुहोस विज्ञप्ती