- सागर थापा/महेन्द्र सिंह
साउन २, नेपालगञ्ज । प्रतिबन्धित लागू औषध ब्राउन सुगर भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा आज तीन जनालाई प्रहरीले नेपालगञ्जको जमुनाह नाकाबाट पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाको संयुक्त टोलीले कम्मरमा लुकाई ल्याउँदै गरेको अवस्थामा बीरेन्द्रनगर–३ सुर्खेतका २२ वर्षिय अमृत बिक, ३२ वर्षिय चन्द्रबहादुर बिक र सुनसरी इनरुवा–७ घर भई हाल बीरेन्द्रनगर–३ मा नाई पसल सञ्चालन गर्दै आएका ३२ वर्षिय दिपेन्द्र ठाकुरका साथबाट प्याकिङ्ग गरेको अवस्थामा १४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक बिरबहादुर थापाले जानकारी दिनुभयो ।
बरामद ब्राउन सुगर र प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो