साउन १, तनँहु । डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र Wild Strong Consultancy का सुमित शाही घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।
उनिहरुले सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले उनिहरूलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनिहरुलाई सेवाग्राहीसँग रू.१,७५,०००।–घुस वापतको रकम लिइसकेको अवस्थामा डिभिजन सडक कार्यालय, दमौली कार्यालय परिसरबाटै उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।