- धर्म सुनार
साउन २,बाजुरा । बाजुराको हिमाली गाउँपालिकाले दलित समुदायका तिन जना विद्यार्थी लाइ प्रविधिक शिक्षा पढ्नका लागी आर्थिक सहयोग गरेको छ । दलित सामुदायका जेहेन्दार, गरिब र आर्थिक अवस्था कमजोर भएका लाइ प्राविधिक शिक्षा पढ्न गाउँपालिकाले सहयोग गरेको हो ।
सहयोग पाउनेमा हिमाली गाउँपालिका वडा नं ४ कि अनिता ल्वार वडा नं ५ का सैलेन्द्र सुनार र वडा नं. ३ का भोजराज सुनार रहेका छन । तिन जना दलित परिवारका जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्याथी हुन । अघिल्लो वर्षमा जेटीअ पढेर सकेकि अनिता ल्वारलाइ ६० हजार ,यस वर्षमा मार्तडीमा ओभरसेयर पढ्दै गरेको शैलेन्द्र सुनारलाइ ५० हजार र डडेलधुरामा कृषि जेटिअ पढ्ने भोजराज सुनारलाइ ५० हजार सहयोग गरेको गाउपालिकाले बताएको छ ।
कृषि जेटिए पढ्दा आफना बुवाले साहुको ३ प्रतिशतले ऋीण मागेर आफुलाए पढाएको अनिता ल्वार ले वताइन । गाउपालिकाले केहि रकम सहयोग गर्दा साहुको ऋण चुक्ता हुने भएको ल्वार ले बताइन । प्रविधिक शिक्षा पढ्नका लागी गाउँपालिकाले सहयोग गरेपछी तिनै जना खुसी भएका छन । आर्थिक वर्ष २०७४÷७५ मा कार्यापालिका ले पहिलो बैठकमै निर्यण गरेको गाउपालिका अध्यक्ष गोविन्द्र वहादुर मल्लले बताए । उनले भने दलित सामुदायका विद्यार्थीहरुको आर्थिक अबस्था कमजोर हुदा प्राविधिक शिक्षा पढ्ने साउको महङगो ऋण निकालेर पढ्ने गरेको ले गाउँपालिकाले ५० प्रतिशत सहयोग गर्ने बताएका छन । अघिल्लो वर्षमा कोहि कसैले गाउँपालिकामा निवेदन नदिएको यस वर्षमा तिन जना दलित विद्याथीले निवेदन दिएको अध्यक्ष मल्लले बताए ।
आर्थिक वर्ष २०७६/७७ को बजेटमा पनि दलित समुदायका विद्याथीहरुलाइ प्राविधिक शिक्षा पढ्नको लागी गाउँपालिकाले बजेट समेत छुट्याएको बताइएको छ ।