• २०७९ साउन २७ गते शुक्रवार

बाराका सचिवले गरे लाखौंको अनियमितता

पढ्न लाग्ने समय : १ मिनेट

असार ३, बारा । तत्कालीन पिपरा सिमरा गाउँ विकास समिति बाराका सचिव विजयकान्त झा माथि आरोप पत्र दायर गरिएको छ ।

साविकको पिपरा सिमरा गाउँ विकास समिति बाराका सचिवहरुले गाउँ विकास समितिको विभिन्न शीर्षकको रकम हिनामिना गरेको भन्ने उजुरी माथि अनुसन्धान हुँदा तत्कालीन पिपरा सिमरा गाउँ विकास समिति बाराका सचिव विजयकान्त झाले विभिन्न आर्थिक वर्षमा आर्थिक अनियमितता गरेको खुल्न आएको हो ।

चालु खर्च, पुँजीगत र सामाजिक सुरक्षा भत्ता वितरणमा गरी जम्मा रू.६३,०१,७७१।४६ बदनियतसाथ हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हो ।

उनलाई हिनामिना हानिनोक्सानी भएको विगो रू.६३,०१,७७१।४६ रकम र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस