• २०७९ साउन २६ गते बिहिवार

भारतीय प्रहरी नेपाल प्रवेशको विरोधमा राष्ट्रिय जनमोर्चाको विरोध (विज्ञप्तिसहित)

पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं । राष्ट्रिय जनमोर्चाले विना अनुमति भारतीय प्रहरी नेपाल पसेको भन्दै सो घटनाको आवश्यक छानविन गर्न माग गरेको छ । मंगलबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै भारतको छत्तिसगढ प्रहरी नेपालको अछाम जिल्लामा पुगेको घटनाबारे गम्भीर रुपमा छानविन माग गरेका हुन् ।

विज्ञप्तिमा अध्यक्ष केसीले भारतीय प्रहरी एउटा सार्वभौम मुलुकमा विना अनुमति पस्नु अन्तर्राष्ट्रिय कानुनी मान्यता विपरित र सार्वभौम मुलुकविरुद्धको कुरा भएको दाबी गर्दै उक्त व्यवहारको टिप्पनी गरेका छन् । यसले भारतीय साम्राज्यवादको नेपालप्रतिको रवैयालाई थप उजागर गरेको समेत विज्ञप्तिमा जनाइएको छ ।

दुई महिना अघि अछामका १९ वर्षीय केशव सोनी र भारत छत्तिसगढ कोबार जिल्लाकी १५ बर्षीया किशोरीले भागेर विवाह गरेका थिए । विवाहपछि किशोरी तर्फका आफन्तले छोरी खोजिदिन निवेदन दिएपछि भारतको छत्तिसगढ प्रहरीले भारतका विभिन्न स्थानका साथै नेपालको अछाममा खानतलासी गरेको थियो । सो क्रममा ३ जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको समेत विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्ति 

प्रतिक्रिया दिनुहोस