• २०८१ चैत्र ३ गते सोमवार

ब्याटिङमा उत्रियो इङ्ग्ल्यान्ड अफगानिस्तानविरुद्ध

पढ्न लाग्ने समय : १ मिनेट

असार ३ इङ्ग्ल्यान्ड । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले अफगानिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

 म्यान्चेस्टरस्थित वर्ल्ड  ट्राफोर्डमा शुरु भएको खेलमा टस हारेपछि अफगानिस्तान घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय लिएको हो ।यसअघि ३ खेलमा जीत हात पारेको इङ्ग्ल्यान्ड अफगानिस्तानसामु सहज जीतको प्रयासमा  हुने छ। अफगानिस्तानले अहिलेसम्म विश्वकपमा कुनै पनि खेल जित्न सकेको छैन ।

६ अंकसहित इङ्ग्ल्यान्ड अंक तालिकाको चौँथौ स्थानमा छ भने अफगानिस्तान अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस