• २०८० असोज ४ गते बिहिवार

आत्महत्याको संख्या बढायो सामाजिक सञ्जालले, दैनिक १५ को मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं । प्रविधिको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखिएको छ ।

अहिले नेपालमा दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, त्यसमध्ये अधिकांशको नयाँ प्रविधिको दुरुपयोग मृत्युको कारण बनेको छ ।

नेपाल प्रहरीको रिपोर्ट लेख्छ, “समाजमा हुने बिभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिनजसो बढ्दै गएको देखिन्छ, यसमा नयाँ प्रविधि पनि कारका रुपमा देखिएको छ ।” मुलुकमा सडक दुर्घटनापछि सबैभन्दा धेरै व्यक्ति आत्महत्याका कारण मृत्युको मुखमा पुगेका छन् ।

एक बर्षमा नेपालमा ५ हजार २ सय ८० जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीका प्रवक्ता बिश्वराज पोखरेल बताउँछन् । नयाँ प्रविधिका रुपमा रहेको सामाजिक सञ्जालको प्रयोग आउनु अघि हुने गरेको आत्महत्यामा पारिवारिक यातना मुख्य कारणका रुपमा थियो भने अहिले त्यस प्रकारका प्रविधिको दुरुपयोग मुख्य बनेको डिआईजी पोखरेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस