असार ३, पाकिस्तान । पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच व्यक्तिको मृत्यु भएको छ । पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ ।
सोमबार अबेर राती जिल्ला प्रमुख कार्यालयहरुको अस्पतालमा दुई समूहबीच भएको विवाद चुलिएपछि एक अर्कालाई गरेको गोली प्रहारमा परि चार जनाको घटना स्थलमै मृत्यु भएको थियो ।
यस घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या पाँच पुगेको बताइएको छ । घाइतेहरुमा थप तीन जनाको अवस्था अझै पनि गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।