सुर्खेत ३ असार । मध्यपश्चिम विश्वविद्यालयको ९ औँ स्थापना दिवसको अवसरमा संघिय राजधानीको एक निजी कलेजले टिसर्ट सौजन्य प्रदान गरेकोमा विश्वविद्यालयका विभिन्न विद्यार्थी संघ/संगठनहरुले आपत्ती जनाउदै आन्दोलन गरेका छन ।
आन्दोलन र तोडफोडका क्रममा प्रहरीले करिब १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका विद्यार्धीहरुलाई विनासर्त रिहा गर्न अनेरास्ववियुले केन्द्रीय समितिले माग गरेको छ । एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियुले एमयुको उक्त घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियु संयोजक ऐन महर र सहसंयोजग रञ्जित तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा विद्यार्धिहरुले उठाएका जायज विषयलाई प्रशासन लगाएर विद्यार्धी पक्राउ गर्नु निन्दनिय भएको कुरा उल्लेख छ ।
यसैबिच अनेरास्ववियुको तर्फबाट गगनसिंह ठकुरी, भिम गुरुङ, नेविसंघको तर्फबाट शुशिल भट्टराई र हरी ब. बुढा अखिल छैटो द्वारा हस्ताक्षरित विज्ञप्तिमा पनि विनासर्त रिहा गर्न माग गरिएको छ । आन्दोलनको क्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष धुपेन्द्र बहदुर शाही, अखिल क्रान्तिकारी केन्द्रिय सचिब अमर जङ्ग शाही, अनेरास्ववियु केन्द्रिय अनुसासन आयोग सदस्य नबिन योगि, नेबिसंघ नेता राजन, न्युटन ओलि, अनेरास्ववियु नेता महेन्द्र थापा, सरोज नेउपाने, गणेश शाही, चित्र सुनार, तिर्सना हमाल, ममता अधिकारी भरत गौतम लगाएत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विनासर्त रिहा नगरे सुर्खेत बन्द गर्ने चेतावनी अन्दोलनको नेतृत्व कर्ता अनेरास्ववियु जिल्ला अध्यक्ष धुपेन्द्रबहादुर शाहीले पक्राउ परेका विद्यार्थी नेताहरुलाई विना शर्त रिहाई नगरे संयुक्त विद्यार्थी संघले आज विश्वविद्यालय र भोली सुर्खेत बन्द गर्ने चेतावनी दिएका छन् ।